वर्षाको आशमा किसान
बाग्लुङ | साउन ३, २०७९
बागलुङ: बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो । तर, यसवर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो । रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए । तर, वर्षा नहुँदा ढकालको काम आकाश नियाल्ने मात्रै भएको छ ।
असारको अन्तिम सातायता भल चल्ने गरी बागलुङमा पानी परेको छैन् । असारको अन्तिम साताको एक दिनको वर्षाले एक दिन मात्रै रोपाइँ गर्नुभएका अमलाचौरकै गेश्वर घिमिरेले पनि अझै पाँच/सात दिन रोपाइँ गुर्नपर्ने छ । खेतको छेवैमा भएको खहरे खडेरीले सुक्न थालेपछि ढकाल र घिमिरे जस्ता किसान मर्कामा छन् । “गज्जबले वर्षा भइदिएको भए खेतमै मूल फुट्थ्यो, भल छोपेर रोपाइँ गरे पनि धानलाई पानी पुग्थ्यो”, ढकाल भन्नुहुन्छ, “२५ रोपनी खेत अझै बाँझो गाभो हाल्नै पाइएन् ।”पोहोर सालको तुलनामा यो वर्ष असारमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बूढिएर रोप्नै नमिल्ने भइसकेको छ ।
मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्न थालेका छन् । जिल्लाभर कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेतहरू पनि सिँचाइको समस्यामा पटपटी फुटेका छन् ।
“यस्तै खडेरी रहने हो भने त यो वर्ष रोपाइँ गर्न पाइन्छ की पाइदैन्”, किसान घिमिरेले भन्नुभयो, “जसोतसो रोपेपनि धाँजा फाटेर खेत हेरिनसक्नु हुन्छ, कमिलाको लाइन लागेको खेतमा के धान फल्ने आशा गर्नु ।” कृषि ज्ञान केन्द्र कार्यालय बागलुङका प्रमुख भानुभक्त भट्टराईका अनुसार आइतबारसम्म जिल्लामा करिब ७० प्रतिशत रोपाइँ पूरा भएको छ । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ । “मकै लगाएको खेत भएकाले ढिला भइसकेको त छैन्, तर अझै एक दुई दिन खडेरी परे रोपाइँ ढिला हुन्छ”, भट्टराईले भन्नुभयो “लामो समय पानी नपर्दा बीउ जोगाउने चुनौती हुन्छ ।” अझै पनि मूल फुट्ने गरी वर्षा हुन सकेमा रोपाइँ धमाधम गर्न सकिने किसान बताउँछन् ।
डाँडाकाँडा र लेक रहेको क्षेत्रमा छिटो रोपाइँ गर्न सकेमा मात्रै पछि समयमै धान पाक्छ र अनुकूल मौसममा थन्क्याउन पाइन्छ । बेँसीमा तापक्रमका कारण छिटो धान पाक्ने भए पनि लेकमा ढिला गरी पाक्छ । तिनै लेकमा साउन लाग्दासम्म पनि रोपाइँ हुन नसक्दा यसवर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा किसान छन् ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

